ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० को आवेदन
ताप्लेजुङ / फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङमा नौ सय ५० जना निर्वाचन प्रहरीको आवेदन परेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार जिल्ला प्रहरी कार्यालयमा आठ सय ९४ जनाको र सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघामा ५६ जनाको आवेदन परेको हो।
ताप्लेजुङमा आठ सय ९२ जना निर्वाचन प्रहर...









