काठमाडौं । नेपाली राष्ट्रिय मिहल क्रिकेट टाेली आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटकाे पहिलाे खेलमा थाइल्यान्डसँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएकाे हाे । नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गरेकाे छ । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाएकी हुन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिएकी छन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १ सय २२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाएकी हुन्। बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङवले ४ विकेट लिएकी थिइन् ।

तपाईको प्रतिक्रिया