मेष
छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि अन्ततः समाधान हुने देखिन्छ । धेरै परिश्रम गर्दा पनि थोरै मात्र लाभ प्राप्त हुनेछ । घर खर्च बढ्ने सम्भावना छ । पति पत्नी बीच मनमुटाव बढ्न सक्छ । आयआर्जनमा कमी आउँदा वादविवादको स्थिति सिर्जना हुन सक्छ ।
वृष
आयआर्जन बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुने समय छ । पेट सम्बन्धी समस्याले सताउन सक्छ, त्यसैले सचेत रहनु आवश्यक छ । साथीभाइबाट धोका पाउने सम्भावना छ भने परिवारजनबाट पनि अपेक्षित साथ नपाइन सक्छ, सावधान रहनुहोला ।
मिथुन
नयाँ सीप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा उल्लेखनीय प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा रुचि बढ्नेछ । कृषि तथा पशुपालनबाट लाभ मिल्ने सम्भावना छ । यात्रा फलदायी बन्नेछ र काम प्रति उत्साह बढ्नेछ । सन्तानबाट पनि सुख प्राप्त हुनेछ ।
कर्कट
वैदेशिक क्षेत्रबाट लाभ उठाउने अवसर प्राप्त हुनेछ । चिताएको काम पूरा हुने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । नयाँ कामको थालनी हुनेछ । परिश्रमको उचित मूल्यांकन हुनेछ, तर वैदेशिक रोजगारीसँग सम्बन्धित काममा केही समस्या आउन सक्छ ।
सिंह
खर्च लागेपनि दीर्घकालीन फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुन सक्छ । विद्यार्थीहरूमा पढाइ प्रतिको एकाग्रता घट्न सक्छ । पारिवारिक समस्याहरू देखा पर्न सक्छन् । मित्रजनसँग मनमुटाव हुने सम्भावना छ । विश्वासमा पारेर धोका दिनेहरूबाट सावधान रहनुहोला ।
कन्या
विशेष सभा समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ । मान सम्मानमा वृद्धि हुनेछ । धार्मिक तथा सामाजिक कार्य प्रति रुचि बढ्नेछ । साना व्यक्तिको सहयोगबाट ठूलो फाइदा लिन सकिनेछ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । कामको दायित्व भने बढ्नेछ ।
तुला
प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत बन्नेछ । पढाइमा सुधार आउने दिन छ । सामान्य व्यापार तथा उद्योगबाट राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ ।
वृश्चिक
स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको सदुपयोगबाट विशेष लाभ उठाउन सकिनेछ । आर्थिक अभावले भने केही सताउन सक्छ । विश्वास गरेका व्यक्तिबाट धोका पाउने सम्भावना भएकाले होसियार रहनुहोला ।
धनु
कृषि तथा पशुपालनबाट अपेक्षित लाभ नहुने भएपनि व्यापारबाट राम्रो फाइदा हुने योग छ । आर्थिक अभावले केही दबाव सिर्जना गर्न सक्छ । व्यवसायमा उतार चढाव देखिन सक्छ । पेट तथा छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने समय अनुकूल छ ।
मकर
चुनौतीहरू पन्छ्याउँदै रोकिएका काम सम्पन्न गर्न सकिनेछ । धैर्यपूर्वक अघि बढ्नु पर्ने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसरहरू प्राप्त हुनेछन् । कुटुम्बको सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । कृषि कर्म तथा चौपायाबाट पनि प्रशस्त लाभ मिल्नेछ ।
कुम्भ
गरेका कामबाट प्रशस्त लाभ प्राप्त हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सन्तानबाट सुख प्राप्त हुने योग छ । रोकिएका कामहरू पुनः सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मानमा वृद्धि हुनेछ । आयआर्जनका स्रोतहरू विस्तार हुनेछन् ।
मीन
टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । धन तथा जनसम्पर्कको लाभ मिल्नेछ । आम्दानीका विभिन्न माध्यमहरू फेला पर्नेछन् । यात्राको योग प्रबल छ । रोजगारीमा अवरोध तथा प्रतिकूल स्थानान्तरण जस्ता समस्या देखा पर्न सक्छन् ।





