विराटनगर–११ मा बालिकालाई घरमै थुनिएको घटनामा पसल सञ्चालकविरुद्ध मुद्दा
विराटनगर / मोरङको बिराटनगर–११ रामपुरमा ८ वर्षीया बालिकालाई घरभित्र थुनेर राखिएको आरोपमा स्थानीय पसल सञ्चालकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, पसलबाट चोरी गरेको आशङ्कामा स्थानीय पसल सञ्चालक रिना मेहताले बालिकालाई आफ्नै घरभित्र बन्धक बनाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएर बालिकाको उद्धार गरी सुरक...









