‘लाङटाङ ट्रेल रन’ जेठ २३ गते
काठमाडौँ – रसुवा–नुवाकोट पर्यटन समाजले ‘लाङटाङ ट्रेल रन–२०८३’ आगामी जेठ २३ गते आयोजना गर्ने भएको छ। लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा साहसिक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
करिब ३२ किलोमिटर दूरीको यो दौड क्याङ्जिन गुम्बाबाट सुरु भई लाङटाङ गाउँ, घोडातवेला, लामा होटल हुँदै स्याफ्रुबेसीमा समापन हुनेछ। कार्यक्रममा बागमती प्रदेश सरकारको...









