मोरङ — भारतको मटेरुवाबाट विराटनगरतर्फ अवैध रूपमा कपडा ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ। सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले बिहान करिब १० बजे विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा सिटी (साना सवारी साधन) को चालक र यात्रु सिटमा लुकाइछिपाइ ल्याइँदै गरेको कपडा फेला पारेको हो। अवैध रूपमा भित्र्याइँदै गरेको उक्त कपडासहित सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद गरिएको कपडाको मूल्य करिब २ लाख ८७ हजार रुपैयाँ बराबर रहेको छ। आवश्यक कारबाहीका लागि बरामद सामान सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया