दाङ- लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १६ औँ बैठक आज बिहान साढे ११ बजे बस्दैछ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकाल ले दिनुहुने कार्यसूची रहेको छ ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक’माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गर्ने कार्यसूचीमा समावेश गरिएको छ ।
त्यसैगरी, सामाजिक विकास समितिका सभापति यम बहादुर नेपाली सार्कीले‘सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।







