मापदण्डविपरीत सञ्चालित मोरङका दुई क्रसर उद्योग बन्द
मोरङ । मापदण्डविपरीत सञ्चालन र अनधिकृत रूपमा खोला उत्खनन गरेको भन्दै मोरङ जिल्ला प्रशासन कार्यालयले दुईवटा क्रसर उद्योग बन्द गराएको छ । मोरङको चिसाङ खोला किनारमा सञ्चालित लेटाङ नगरपालिकाको माता भगवती क्रसर र बेलबारीको कान्तिपुर क्रसर उद्योगलाई प्रशासनले बन्द गराएको हो ।
विगत १३ दिनदेखि दुवै उद्योगको कामकाज ठप्प पारिएको छ । भीम पौडेल सञ्चालक रहेको माता भगवती क्रसर र अम्बिका गुरागाईं सञ्चालक रहेको...








