काठमाडौं। सरकारले देशभरका अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी गरेको छ।
गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूलाई पत्र पठाउँदै सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गामा रहेको अतिक्रमण हटाउने योजनामा साथ दिन निर्देशन दिएको हो।
यसअघि चैत २० मै गृहले पत्रमार्फत परिपत्र गरिएको थियो। बुधबार सचिव स्तरीय निर्णय गर्दै अतिक्रमण हटाउने कार्यका लागि सुरक्षा प्रबन्धलगायत आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ। सरकारले अतिक्रमित संरचना हटाउने कार्यले तिव्रता दिइरहेको छ।







