पत्रकार भोजराज थापा ‘राप्ती पत्रकारिता पुरस्कार- २०८२’ बाट सम्मानित
काठमाडौँ, पुस १२ गते । राप्ती समाज काठमाडौँको आयोजनामा सम्पन्न ९ औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड समारोहमा पत्रकार भोजराज थापालाई राप्ती पत्रकारिता पुरस्कार - २०८२ प्रदान गरी सम्मान गरिएको छ। उक्त अवार्ड समारोह २०८२ साल पौष ११ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपको सभाहलमा भव्य रूपमा सम्पन्न भएको हो।
राप्ती समाजका अध्यक्ष गोविन्द मधुर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूप...









