५० लाख बढीको सुनसहित दुई जना पक्राउ
काठमाडौं। दाङमा ५० लाख बढी मूल्य बराबरको सुनसहित दुई जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङको राजपुर गाउँपालिका –७ सुनपतरी नाकाका ४० वर्षीय रुपलाल गिरी र रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–६ मग्माका २२ वर्षीय दिलीप परियार सुनसहित पक्राउ परेका हुन्।
लमही नगरपालिका–९ अमेलियास्थित ‘नमस्ते होटल’को कोठामा सुनको अवैध कारोबार हुँदै छ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी...








