विराटनगर । कुनै समय आपराधिक समूहको दबदबा, काटमारको त्रास, श्रमशोषण र आर्थिक असुलीको संगठीत अपराधको समस्याले कुख्यात बनिरहेको मोरङ कारागारका कैदीबन्दिहरु मात्र नभएर बालसुधार गृहका विज्याँईकर्ताहरु पनि आफनो दिनचार्यको रुटिन परिवर्तन गरेर सकारात्मक सोचका लागि आजकल विपश्यना ध्यानमा बस्न थालेका छन्। हिजो डर र डदबाबबीच नकारात्मक सोचले बित्ने गरेको कैदीजीवनमा अहिले आत्मचिन्तन, ध्यान र व्यवहार परिवर्तनको अभ्यासले ठाउँ लिन थालेको छ ।
मोरङ कारागारमा अहिले ‘ए’ ब्लकमा ५६७, ‘बी’ ब्लकमा ५३१ र महिला ब्लकमा ११० कैदीबन्दी छन । सोही ठाउँमा रहेको बालसुधार गृहको ब्लकमा ६० जना अनि कञ्चनवारी स्थित वालसुधारगृहमा २ सयजना विज्याँईकर्ता छन । उनीहरु सबैजना विपश्यना ध्यानका साधकहरुसँगै दैनिक साँझ विहान विपश्यना ध्यान विधिको आनापाना ध्यानमा सहभागी भैरहेका छन । साधकहरु मात्र नभएर मोरङका सीडीओ युवराज कट्टेल आफैपनि दैनिक सबै ब्लकमा सहभागी भएर उनीहरुसँगै ध्यानमा सहभागी हुन्छन । अनि ध्यान विधिसँगै नैतिक शिक्षा र सकारात्मक व्यवहार परिवर्तनबारे शिक्षा दिने गर्छन ।
मोरङ कारागारमा आएको यो परिवर्तन एकाएक भएको चाँही होइन । कारागारभित्र वर्षौंदेखि जरा गाडेको आपराधिक सञ्जालमाथि एक बर्ष अघि मोरङ आएका सीडीओ युवराज कट्टेलको यातनागृहका रुपमा कुख्यात भएको मोरङकारागार र बालसुधार गृहलाई सुधार गर्ने अठोटले गर्दा संभव भएको हो । उनले आफनो ठिटो अधिकार प्रयोग गर्दै हस्तक्षेप गरेपछि जेलभित्रको संगठीत अपराधको जालो पुरै तोडिएको हो । कैदीबन्दीको भत्ता र
श्रमको पारिश्रमिकमा भैरहेको अनियमितता, जेलभित्रै चलाइदै आएको मिटरब्याजको धन्दा अनि डरत्रासदेखाएर गर्ने आर्थिक र शारिरीक शोषणको अन्त गराउन मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निरन्तर लागिपरेका थिए ।
निरन्तरको प्रयासपछि मात्र उनी मोरङ कारागारभित्रको ‘समानान्तर सत्ता’ तोडन सफल भएका थिए । अपराधको जालो तोडन सफल भएपछि सीडीओ कट्टेलले एक महिनादेखी कारागारका पुरुष र महिलाका सबै ब्लकमा अनि बालसुधार गृहमा दैनिक साँझ विहान साधकहरु मर्फत नियमित ध्यान सञ्चालन गराउन थालेका हुन । ‘कारागारलाई केवल सजाय भोग्ने ठाउँका रूपमा नभई सुधार र पुनस्थापनाको स्थान बनाउने हाम्रो प्रयास हो,’ सीडीओ कट्टेल भन्छन्, ‘त्यसैले कैदीबन्दीलाई ध्यान, योग र सकारात्मक व्यवहार परिवर्तनका कार्यक्रमसँग जोडिरहेका छौँ ।’
समाजमा पुनस्थापना गराउन अब विपश्यना ध्यान शिविरको तयारी
अपराधीक गिरोहको जालोबाट जेलमुक्त्त बनाउन सफल भएपछि यही असोजदेखी मोरङ कारागारका सबै ब्लकका १२ सय र सुधारगृहका २ सय बालविज्याईकर्तालाई एक महिनादेखी नियमित ध्यान गराइरहेको मोरङ प्रशासनले अब चाडपर्व सकिनासाथ विपश्यना ध्यान शिविर सञ्चालन गराउने तयारी गरेको छ । त्यसका लागि मोरङ कारागारभित्र धमाधम शिविरका लागि २५ लाख खर्च गरेर अलग्गै संरचना तयार भैरहेको छ । शिविरको संरचना बनाउनका लागि विपश्यना ध्यानकेन्द्रले आफनै साधकहरुबाट सहयोग संकलन गरेर व्यवस्थित संरचना निर्माण गराइरहेको छ । चाडपर्व सकिनासाथ आगामी कार्तिक अन्तिमदेखी २४ जनाको समुहमा दश दिने विपश्यना ध्यान शिवर सञ्चालन गराउने तयारी रहेको कैदीबन्दिलाई ध्यान सिकाउन अर्का धर्मसेवक मदन कठायतसँगै कारागारभित्रै बसेर सहयोग गरिरहेका धर्मसेवक ईन्जिनियर समीर तिमल्सिनाले बताए । उनका अनुसार विश्पश्यना शिविरमा अलोपालो गरेर क्रमश सबै कैदीबन्दि र १८ बर्षभन्दा माथिका विज्याईकर्ताहरुलाई सहभागी गराइनेछ । ध्यान शिवरमा बस्ने कैदीबन्दिहरुले दश दिनसम्म विपश्यना ध्यानको कठोर विधि पालना गर्नुपर्छ । साधक पशुपति पोखेरलका अनुसार कारागारभित्र शिविरको नयाँ संरचना बनाउन विपश्यना ध्यान शिविरमा सहभागी भैसकेका साधकहरुबाहेक अरुबाट सहयोग लिन पाइदैन । यसैले सहयोग गर्न चाहने साधकहरुले प्रशासनसँग बुझेर आवश्यक सहयोग गर्न सक्नेछन ।
१३ लाख ४० हजारको सूचनाबाट सुरु भयो मोरङ कारागार सुधार अभियान
सीडीओ कट्टेलका अनुसार उनले गत असारदेखि कारागारभित्रको आर्थिक शोषण र कथित आपराधिक सञ्जालबारे अनुसन्धान अघि बढाएका थिए । ‘बी’ ब्लकका ५३६ कैदीबन्दीलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले वितरण गरेको १३ लाख ४० हजार रुपैयाँ संगठीत गिरोहले गायब बनाएको सूचना पाएपछि उनले जेलभित्र हस्तक्षेप बढाएर गहन अप्रेसन चलाएका थिए ।
त्यसका लागि मोरङ प्रशासनले मोरङ कारागारका पूर्वचौकीदार तथा गुण्डा नाइकेको रूपमा चिनिएका विराटनगरका अभिषेक गिरीलाई १३ असार २०८३ मा घरबाट पक्राउ गरेर विभिन्न मुद्दा चलाएको थियो । मानव अपहरण कसुरमा आठ वर्षको सजाय भुक्तान गरी २०७८ सालमै छुटिसकेका गिरीले जेलबाहिर बसेर जेलभित्र रहेका आफ्नो संगठीत गिरोह मार्फत कैदीबन्दीमाथि आर्थिक शोषण कायमै राखेका थिए । गिरी पक्राउ परेपछि प्रहरीले उनीसँग सम्बन्धित भनिएका चौकीदार सञ्जय मण्डल, कार्यालय सहयोगी शिवचरण यादव र आपूर्तिकर्ता विजय कामतलगायतलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाइयो। उनीहरूलाई पक्राउ गरी आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
तर त्यसपछि पनि जेल शान्त भएन । बरु झन त्यहाँभित्र रहेको गिरोहले दिनदिनै नारावाजी गर्ने प्रहरी प्रशासनलाई भित्र छिर्न नदिने , जेलभित्रै आगो लगाउने काम गर्न थालेका थिए । त्यसपछि प्रशासनले फेरि जेलभित्र हस्तक्षेप गरेर अपराधिक गिरोहका ३७ जना कैदीलाई पटक पटक गरेर विभिन्न जेलमा स्थानान्तरण गराएर जेल शान्त बनाएको थियो । त्यसपछि प्रहरीले जेलभित्र खानतलासी गरेर गोप्य कोठामा लुकाएर राखिएका फलामका रड र स्थानान्तरण गरिएका कैदीको एक कोठाबाट १० लाख रुपैयाँ नगदसमेत बरामद गरेको थियो। त्यसपछि मात्र बल्ल मोरङ कारागारको वातावरण शान्त बनेको थियो । कारागार शान्त भएपछि सकारात्मक सोच राख्ने सीडीओ युवराज कट्टेलले विपश्यना ध्यान केन्द्रसँग सम्पर्क गरेर कारागारभित्रै चार जना साधकहरु बसाएर एक महिनादेखी दैनिक विपश्यना ध्यानको आनापाना र सकारात्मक व्यवहार परिवर्तनको शिक्षा सञ्चालन गराइरहेका छन ।
फोटोहरु , जेलसुधार अभियानमा लागेका मोरङका सीडीओ युवराज कट्टेल । कारागारभित्र ध्यानगर्दै कैदीबन्दिहरु । शिविरका लागि निर्माण हुदै गरेको संरचना । अनि मोरङ कारागारको भित्रको मुख्यगेट ।





