विराटनगर/ मोरङको सुन्दरहरैँचा नगरपालिका १० विराटचोकमा आगलागी हुँदा एउटा किराना पसल पूर्णरूपमा नष्ट भएको छ। पुजन थापाले सञ्चालन गर्दै आएको किराना पसलमा राति करिब १० बजेतिर आगलागी भएको हो। आगलागीबाट पसलमा रहेका सामानसहित पसल पूर्णरूपमा नष्ट भएको छ। सुन्दरहरैँचा र बेलबारी नगरपालिकाका दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ
विराटचोकको किराना पसलमा आगलागी





