भोटेकोशी बाढीपछि कुन देशले कति दिए सहयोग ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि नेपालले विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त गरिरहेको सहयोगबारे जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहका अनुसार बाढी आएको दिनदेखि नै विभिन्न देशले नेपाललाई राहत, उद्धार सामग्री, आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन् । उनले नेपालको दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बाका रूपमा उभिएको बताएका छन् ।
छिमेकी भ...









