सार्वजनिक शिक्षा सुधार गर्न सांसदहरूकाे माग, बजेट बढाउन आग्रह

सार्वजनिक शिक्षा सुधार गर्न सांसदहरूकाे माग, बजेट बढाउन आग्रह
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेका छन्। बैठकमा ‘विनियोजन विधेयक २०८३’ माथिको छलफलमा भाग लिँदै सांसदहरूले सार्वजनिक विद्यालयमा किन विद्यार्थी कम भए भन्ने प्रश्नको उत्तर खोज्दै ती विद्यालयका शौचालय, प्रयोगशालालगायत पूर्वाधारको उचित प्रबन्ध गर्न आग्रह गरे। सांसद नरेन्द्रकुमार केरुङले शिक्षा तथा खेलकुद मन्त्रालयका ...

राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु

राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु
काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ। बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। आकस्मिक समयअन्तर्गत सदस्यहरुले आफ्ना विचार प्रस्तुत गर्ने क्रम जारी छ।

तीर्थयात्रीको रसुवागढीमा चाप

तीर्थयात्रीको रसुवागढीमा चाप
काठमाण्डौ — मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल–चीन सीमा रसुवागढी नाकामा भीडभाड हुन थालेको छ । रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुनेहुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन् । प्रस्थान गर्ने य...

भारतीय कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

भारतीय कारको ठक्करबाट एकको मृत्यु, एक घाइते
बोमलाल गिरी नवलपुर, जेठ ३१ गते। पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। नारायणघाटबाट कावासोतीतर्फ आउँदै गरेको युपी ५७ सीडी ९०१० नम्बरको भारती नम्बर प्लेटको कारले ग.प्र.०४–००१ प २३०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको नवलपुर प्रहरीले जनाएको छ। कारको ठक्करबाट स्कुटरको पछाडी सवार हुप्...

बिचौलियाविरुद्ध महोत्तरी प्रहरीको कडा अभियान, ‘सेवाग्राहीलाई स्वागत, बिचौलियालाई निषेध’ नीति लागू

बिचौलियाविरुद्ध महोत्तरी प्रहरीको कडा अभियान, ‘सेवाग्राहीलाई स्वागत, बिचौलियालाई निषेध’ नीति लागू
महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सेवाग्राहीलाई सहज, सुलभ र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले बिचौलियाविरुद्ध कडा अभियान सञ्चालन गरेको छ। कार्यालय परिसर तथा सेवा प्रवाह प्रक्रियामा बिचौलियाको हस्तक्षेप अन्त्य गर्दै सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सेवा उपलब्ध गराउने नीति अवलम्बन गरिएको प्रहरीले जनाएको छ। “सेवाग्राहीलाई स्वागत, बिचौलियालाई निषेध” भन्ने नारासहित प्रहरीले सेवा प्रवाहला...

राजधानीमा प्रहरीको साहसी अपरेसन : भाग्दै गरेको कारको टायरमा गोली, ३० हजार ट्रामाडोल क्याप्सुलसहित तीन पक्राउ

राजधानीमा प्रहरीको साहसी अपरेसन : भाग्दै गरेको कारको टायरमा गोली, ३० हजार ट्रामाडोल क्याप्सुलसहित तीन पक्राउ
काठमाडौँ । राजधानी काठमाडौँमा लागूऔषध तस्करीविरुद्ध प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा भाग्न खोजेको कारको टायरमा गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोप्य सूचनाका आधारमा ललितपुर महानगरपालिका–२३ गैरीगाउँ क्षेत्रमा निगरानी गरिरहेको अवस्थामा शङ्कास्पद सुजुकी कार र त्यसलाई एस्कर्ट गरिरहेको मोटरसाइकललाई रोक्न खोजेको थ...

समुदायमै पुगेर कानुन सिकाउँदै उर्लाबारी न्यायिक समिति

समुदायमै पुगेर कानुन सिकाउँदै उर्लाबारी न्यायिक समिति
उर्लाबारी/ न्यायका विषय अदालत वा कार्यालयसम्म मात्र सीमित नरहोस् भन्ने उद्देश्यसहित उर्लाबारी नगरपालिकाको न्यायिक समिति समुदायस्तरमै पुगेर कानुनी सचेतना फैलाउन सक्रिय बनेको छ । स्थानीयबासीलाई आफ्ना अधिकार, कानुनी व्यवस्था र न्यायिक प्रक्रियाबारे जानकारी गराउने लक्ष्यका साथ समितिले विभिन्न वडामा सञ्चालन गरेको 'लक्षित समुदायलाई कानुनी शिक्षा' कार्यक्रम गरेको हो । समितिले यही जेठ २८देखि ३१ गतेसम्...

विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्यो नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’  गर्दै गर्यो नयाँ विद्यार्थीहरुलाई  स्वागत
विराटनगर । विराटनगरमा सञ्चालित सेन्ट जोसेफ प्लस टुले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतका लागि एक भव्य ‘फ्रेसर्स पुल पार्टी’ आयोजना गरेको छ। कलेज परिसरमै रहेको स्विमिङ पुलमा ‘नियोन थिम’ मा आधारित ‘फ्रेसर्स पुल पार्टी’ आयोजना गरिएको हो। नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजका प्रिन्सिपल रोहित थपलियाले यो कार्यक्रम विद्यार्थीहरूका ला...

लागू औषधसहित ३१ जना पक्राउ

लागू औषधसहित ३१ जना पक्राउ
काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागू औषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया र सुनसरीबाट पाँच/पाँच, झापा र ललितपुरबाट चार/चार, सिरहा र काठमाडौँबाट तीन/तीन, कास्कीबाट दुई, धनुषा, नुवाकोट, पर्सा, सुर्खेत र बाँकेबाट एक/एक जना पक्राउ परेका हुन्। प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसम...

असार ०१ गते सोमबार, यस्तो छ तपाईको राशिफल

असार ०१ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष राशि प्रेमसम्बन्धको क्षेत्रमा नयाँ सम्भावनाहरू उद्घाटित हुने समय छ । अप्रत्याशित प्रस्ताव वा सम्बन्धको नयाँ मोडले जीवनमा सकारात्मक परिवर्तन ल्याउने संकेत देखिन्छ । मित्रवृत्तको साथ र सहयोगले मनोबल उच्च बनाउनेछ भने सामाजिक सम्बन्धहरू पनि सुदृढ हुनेछन् । व्यक्तिगत आकर्षण र वाणीको प्रभावले सम्बन्ध विस्तारमा विशेष भूमिका खेल्नेछ । वृष राशि शिक्षा तथा बौद्धिक क्षेत्रमा उल्लेखनीय प्रगतिको संकेत...