सार्वजनिक बिदामा पनि राहदानी विभाग खुलै रहने
काठमाडौं। सार्वजनिक बिदाका दिनसमेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र बिहीबार सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायत कामका लागि विभाग खुला रहने जनाएको छ।
सरकारले आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवस अवसरमा सार्वजनिक बिदा दिएको छ। दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ।
विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाए...









