प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने
काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
कार्यसूचीअनुसार युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण म...









