काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित तारबजार क्षेत्रमा कर्णाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।
मुगुबाट सुर्खेततर्फ जाँदै गरेको क प्र०२–००१ क ०७८० नम्बरको मिनी ट्रक सडक छेउमा रोकेर नदीमा नुहाउन गएका सहचालक डोल्पाको जगदुल्ला गाउँपालिका निवासी अन्दाजी २४ वर्षीय नविन रोकायलाई नदीको तीव्र बहावले बगाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना मंगलबार दिउँसो करिब १ बजे भएको हो। युवक बेपत्ता भएको जानकारी प्राप्त भएपछि प्रहरी चौकी पाल्तडा, प्रहरी चौकी तल्लोडुङ्गेश्वर, इलाका प्रहरी कार्यालय दुल्लु तथा जलविद्युत् सुरक्षा डाँभाबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको छ।







