मुआब्जाको विषयले खोटाङको माथिल्लो रावाखोला आयोजना बन्द
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना बन्द गराएका छन् । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् ।
विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् । मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्र...









