काठमाडौं। ग्लोबल आइएमई बैंकले आज राती १० बजेदेखि आइतबार बिहान ६ बजेसम्म सबै डिजिटल बैंकिङ सेवा करिब ८ घन्टाका अवरुद्ध हुने जनाएको छ।

बैंकले डेटा सेन्टर स्थानान्तरणसम्बन्धी काम गर्नुपर्ने भएकाले भदौ २७ गते शनिबार राराती १० देखि भदौ २८ गते आइतबार बिहान ६ बजेसम्म डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने बताएको हो।

उक्त अवधिमा बैंकका एटीएम, कार्ड, मोबाइल बैंकिङ, अनलाइन रेमिट्यान्स, अनलाइन खाता खोल्नेलगायत सम्पूर्ण डिजिटल सेवा सञ्चालनमा नआउने बैंकको सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया