औद्योगिक क्षेत्रका उद्योगले बक्यौता नतिरेपछि बिजुली–पानी काट्न थालियो
काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि भाडा, महसुल तथा सेवा शुल्क नतिर्ने उद्योगहरूको बिजुली र पानीको लाइन काट्न थालेको छ। २५ जेठमा सात दिनभित्र बक्यौता बुझाउन सूचना जारी गरिए पनि अटेर गरेपछि कारबाही सुरु गरिएको हो।
देशभरका १० औद्योगिक क्षेत्रमा रहेका ६३५ उद्योग तथा निकायबाट कुल ८८ करोड ४५ लाख रुपैयाँ उठ्न बाँकी छ। हालसम्म बालाजु, पाटन, नेपालगञ्ज र गजेन्द्रनारायण सिंह औद्य...









