वैदेशिक रोजगारीमा रहेकाहरूका लागि रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ बिक्री गर्ने
विराटचोकः नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आज मंसिर २२ गतेदेखि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
सो कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहे पनि बुक बिल्डिङम...









