काठमाडौँ, भदौ ३० गते । स्थानीय बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला नौ सय र चाँदी २० रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १०० रुपियाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य
चार हजार ६०० रुपियाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार छ सय २० रुपियाँ कायम भएको थियो ।

तपाईको प्रतिक्रिया