हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडा समायोजन
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फ भाडा समायोजन गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेसँगै आजैदेखि लागू हुने गरी गर्न वायुसेवा कम्पनीमा मूल्य समायोजन भएको हो।
आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको साबिकको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट १४.८७ प्रतिशत ४० ले घटेर प्रतिलिटर २२९ रुप...









