आशा लघुवित्तको नाफा तीन गुणा वृद्धि, वित्तीय आधार बलियो
काठमाडौं, १९ साउन । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले यस अवधिमा २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको नाफा (६ करोड रुपैयाँ) को तुलनामा झण्डै २४८ प्रतिशतको वृद्धिदर हो।
संस्थाको मुख्य आय स्रोत — कुल खुद ब्याज आम्दानी — ६७.४७ प्रतिशतले वृद्धि भई ७३ करोड...









