डिजेल र मट्टितेल प्रतिलिटर चार रुपैयाँले घट्यो : पेट्रोलमा दुई रुपैयाँ बढ्यो

डिजेल र मट्टितेल प्रतिलिटर चार रुपैयाँले घट्यो : पेट्रोलमा दुई रुपैयाँ बढ्यो
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने बढेको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जका लागि प्रतिलिटर १ सय ३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङका लागि १ सय ४१ रुपैयाँ र तेस्रो वर्ग काठमाडौँ, प...

चालु आर्थिक वर्षको ४ महिनामा पौने ७ खर्ब रेमिटेन्स भित्रियो

चालु आर्थिक वर्षको ४ महिनामा पौने ७ खर्ब रेमिटेन्स भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिटेन्स आप्रवाह घटेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले रेमिटेन्स घटेको हो । २०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिटेन्स भित्रिएको छ । असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रेमिटेन्स आप्रवाह ३१.४ प्रतिशत वृद्धि भई ६...

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर
भोजपुर । किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो । विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार...

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण
तनहुँ। मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले यहाँ निर्माण हुँदै गरेको चार लेनको पुल पर्यटकीय हिसाबले आकर्षण रहेको भन्दै पर्यटकलाई यसले लोभ्याउने चर्चा गर्नुभयो । मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै उहाँले यसले काठमाडौँ र पोखरा...

मुआब्जाको विषयले खोटाङको माथिल्लो रावाखोला आयोजना बन्द

मुआब्जाको विषयले खोटाङको माथिल्लो रावाखोला आयोजना बन्द
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना बन्द गराएका छन् । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् । मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्र...

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
वीरगञ्ज (पर्सा), मङ्सिर २८ गते । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो । उहाँले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क नि...

सुनको मूल्य निरन्तर उकालोतिर

सुनको मूल्य निरन्तर उकालोतिर
काठमाडौँ, मङ्सिर २८ गते । गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा दुई हजार दुई सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार आठ सय कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ९०५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका ...

दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ, मङ्सिर २८ गते । नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्बभन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बो...

आँखाका बिरामीलाई निःशुल्क उपचार गर्दै आरुघाट गाउँपालिका

आँखाका बिरामीलाई निःशुल्क उपचार गर्दै आरुघाट गाउँपालिका
सुलीकोट, मङ्सिर २७ गते । गोरखाको आरुघाट गाउँपालिकाले आफ्नो पालिका भित्रका आँखाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आरुघाट गाउँकार्यपालिकाको केहि दिन अघि बसेको बैठकले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती, विशेष गरी आँखासम्बन्धी रोगले गाउँमा बढ्दो प्रभावलाई मध्यनजर गर्दै यो महत्त्वपूर्ण कदम चाल्ने निर्णय गरेको हो । आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठका अनुसार...

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ
काठमाडौँ, मङ्सिर २६ गते। विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्। सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटलबाट कमदारको माग भएकाले सो होटलमा रोजगारी मि...