इलामका अन्तु र कन्याममा पर्यटकको भीड बढ्दो
पर्यटकीय सिजन सुरु भएपछि इलामका प्रमुख गन्तव्य अन्तु र कन्याममा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल तीव्र भएको छ। गत असोज १८ गतेको बाढीपहिरोपछि केही समय सुनसान भएका यी क्षेत्रहरू अहिले फेरि पर्यटकले भरिन थालेका हुन्।
बाढीपहिरोले क्षति पु–याएका सडक र संरचना मर्मत तथा पुनर्निर्माण भएपछि पर्यटक आगमन बढेको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए। उनका अनुसार, जेनजी आन्दोलन र बा...









