कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा रोपिएकोे छ। डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय र स्थानीयको जनश्रमदानमा बाढीले क्षति गरेको जग्गा संरक्षण गरेर वृक्षरोपण गरिएको हो।
मछेली सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर महताले नदीको बगरमा विभिन्न प्रजातिका छ हजार बोट बिरुवा वृक्षरोपण गरेको बताए।
उनका अनुसार डिभिजन वन कार्यालय कञ्चनपुरको एक लाख रुपैयाँ, जनहित महाकाली वन उपभोक्ता समितिबाट दुई लाख रुपैयाँ, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घबाट दुई लाख पच्चिस हजार रुपैयाँर समुदायको जनश्रमदान ४३ हजार रुपैयाँ सहयोगमा करिब १० बिघा क्षेत्रफलमा वृक्षरोपण गरिएको हो।





