मन्त्रिपरिषद्ले पारित गर्यो पूँजीगत लाभकर घटाउने प्रस्ताव
काठमाडौँ । अर्थ मन्त्रालयले गरेको पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । जेठ २९ गते अर्थ मन्त्रालयले पूँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै व्यक्तिगत लगानीकर्तामा लागू गरिएको पूँजीगत लाभकर घटाउने प्रस्ताव गरेको थियो ।
चालू आर्थिक वर्षदेखि व्यक्तिगत पूँजीगत लाभकर अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई क्रमशः १० र ७ दशमलव ५ प्रतिशत कायम गरिएको थियो...









