काठमाडौं। आज सुनचाँदीकै मूल्यमा पहिरो गएको छ। सुनको भाउ आज तोलामा ८ हजार ३ सय रुपैयाँ घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ।

चार दिनसम्म लगातार बढेको सुनको भाउ गएको शुक्रबार पनि घटेको थियो। तोलामा ३ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ शुक्रबार २ लाख ८० हजार ३ सयमा झरेको थियो। त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।

तपाईको प्रतिक्रिया