काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य रु २ हजार ३०० र चाँदीको मूल्य रु ७० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज साेमबार छापावाल सुन प्रतितोला रु २ लाख ७४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार ७२० कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला रु २ लाख ७२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार ६५० कायम भएको थियो ।

तपाईको प्रतिक्रिया