नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल

नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहना अनुसार राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्दै लैजान आवश्यक रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज शुभारम्भ गर्दै उहाँले युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिनका लागि आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनावलाई सफल बनाउन आह्वान पनि गर्नुभयो । ...

सुदूरपश्चिममाथि शानदार जीत निकाल्दै विराटनगर क्वालिफायरमा, ७१ बलमै १५० रन बनायाे

सुदूरपश्चिममाथि शानदार जीत निकाल्दै विराटनगर क्वालिफायरमा, ७१ बलमै १५० रन बनायाे
काठमाण्डाै – सुदूरपश्चिम राेयल्सलाई हराउँदै विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे क्वालिफायरमा प्रवेश गरेकाे छ । सुदूरपश्चिमले दिएकाे १ सय ४८ रनकाे लक्ष्य ५ विकेट गुमाएर ११ ओभर ५ बलमा भेटाउँदै विराटनगरले नेट रनरेटमा काठमान्डु गाेर्खाजलाई पछि पारेर शीर्ष–२ मा रहँदै क्वालिफायरमा प्रवेश गरेकाे हाे । विराटनगरका साम हिजलेटले ५१, फाफ डु प्लेसिसले ५०, मार्टिन गप्टिलले २२ रन बनाए । सु...

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
काठमाडौँ । काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ । काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभानमा २.५३ हेक्टरमा प्रशोधन केन्द्र निर्माण भइरहेको हो । एसियाली विकास बैङ्क (एडिबी)को वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको...

सुदूरपश्चिमले दियाे विराटनगरलाई १ सय ४८ रनकाे लक्ष्य

सुदूरपश्चिमले दियाे विराटनगरलाई १ सय ४८ रनकाे लक्ष्य
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम राेयल्सले विराटनगर किङ्ग्सलाई १ सय ४८ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनायाे । सुदूरपश्चिमका आरिफ शेखले नटआउट ४५, ईशान पाण्डेले ३८ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । सुदूरपश्चिम र विराटनगर दुवै टाेली प्लेअ...

गुल्मपति खतिवडाको ‘कडाई अभियान’ : भन्सार छली समूह त्रसित

गुल्मपति खतिवडाको ‘कडाई अभियान’ : भन्सार छली समूह त्रसित
विराटनगर — सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले पछिल्ला हप्ता कडाइपूर्वक निगरानी विस्तार गरेपछि भन्सार छलीमा सक्रिय समूहदेखि केही स्थानीय व्यापारीसम्म त्रसित बनेका छन्। कठोर अनुगमनका कारण अवैध कारोबारको शैली परिवर्तन गर्न बाध्य भएको व्यापारी वृतका स्रोतले जनाएका छन्। गुल्मबाट खटिएको टोलीले असार १६ गतेसम्म विराटनगर भन्सार कार्यालय रानी–आइसिपी क्षेत्रमा चोरी–पैठारीसम्बन्ध...

काभ्रे जिल्ला बचत संघद्वारा सहकारीका सवाल र चुनौतीबारे अन्तरक्रिया

काभ्रे जिल्ला बचत संघद्वारा सहकारीका सवाल र चुनौतीबारे अन्तरक्रिया
बनेपा – जिल्ला बचत संघ, काभ्रेको आयोजनामा ‘सहकारीका वर्तमान सवाल, चुनौती र संघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संघका अध्यक्ष उदयराम कास्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निर्मला श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रमको सञ्चालन संघका सचिव सुरेन्द्र पौडेलले गरेका थिए। प्रमुख कार्यकारी अधिकृत गुरु ढकालले सहकारी क्षेत्रमा देखिएका पछिल्ला विषय, सवाल र औच...

प्रदेशमा उन्नत स्वास्थ्य सेवा विस्तारका लागि अमृता–न्यूरो सहकार्य

प्रदेशमा उन्नत स्वास्थ्य सेवा विस्तारका लागि अमृता–न्यूरो सहकार्य
विराटनगर — न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटल प्रा. लि.ले आफनो रजत जयन्तीको अवसरमा भारतको फरीदाबादस्थित अमृता अस्पतालसँग सहकार्यमा विराटनगरमा निःशुल्क स्वास्थ्य जाँच तथा विशेषज्ञ परामर्श कार्यक्रम सम्पन्न गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । भारतकै सबैभन्दा ठूलो सरकारी अस्पतालहरू मध्ये पर्ने अमृता अस्पतालमा २,६०० शैया, आधुनिक क्ष्ऋग्–ऋऋग् सेवा तथा अत्याधुनिक उपचार सुविधा ...

गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’
काठमाडौँ, मङ्सिर १९ गते । नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ । यसअघि स्थानीय तहलाई स्थानीय निकाय भन्ने गरिन्थ्यो । शब्दमा फरक भए पनि जिम्मेवारी भनेँ उस्तै छ । हिजोको स्थानीय निकायको क्षेत्र सानो थियो भनेँ आज त्यसको आकार बढेर ठुलो भएको छ । हिजोका गाउँ विकास समिति (गाविस) अहिले वडामा परिणत भएका छन् । त्यसैले पनि कसैकसैले आफू गाविस अध्यक्षसरह नै भएको भन्न पछि परेका छै...

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित
मुस्ताङ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ । माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जान...

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
बागमतीः बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि जेसिबी प्रयोग गरेर हेटौँडाको मुख्य बजार क्षेत्रको २५/२५ गज विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु गरेको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्ती रोडमा जेसिबी प्रयोग गरी भौतिक संरचना...