विराटनगर — न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटल प्रा. लि.ले आफनो रजत जयन्तीको अवसरमा भारतको फरीदाबादस्थित अमृता अस्पतालसँग सहकार्यमा विराटनगरमा निःशुल्क स्वास्थ्य जाँच तथा विशेषज्ञ परामर्श कार्यक्रम सम्पन्न गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
भारतकै सबैभन्दा ठूलो सरकारी अस्पतालहरू मध्ये पर्ने अमृता अस्पतालमा २,६०० शैया, आधुनिक क्ष्ऋग्–ऋऋग् सेवा तथा अत्याधुनिक उपचार सुविधा उपलब्ध छन्। विश्वप्रसिद्ध आध्यात्मिक नेतृ श्री माता अमृतानन्दमयी देवी (अम्मा) द्वारा स्थापना गरिएको यो अस्पतालसँगको सहकार्यलाई न्यूरे अस्पतालले स्वास्थ्य सेवा विस्तारका लागि महत्वपूर्ण मानेको सो कार्यक्रम मार्फत जानकारी दिईएको छ ।
कार्यक्रमका क्रममा न्यूरोसर्जरी र पल्मोनोलोजी विषयमा कन्टिनीउइङ मेडिकल एजुकेशन (सिएम ई) सेसन सम्पन्न गरिएको थियो । वरिष्ठ न्यूरोसर्जन प्रा. डा. सञ्जय पाण्डे र विशेषज्ञ डा. सौरभ पौडेलले मस्तिष्क तथा स्नायु सम्बन्धी शल्यक्रिया, आधुनिक विधि र उपचारका नयाँ प्रविधिबारे चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रशिक्षण प्रदान गरेका छन्। साथै अमृता अस्पतालका वरिष्ठ न्यूरोलोजिस्ट डा. विरेन्द्र कुमार बिष्ट र डा. सुनन्द पौडेलसहितका चिकित्सकहरूद्वारा ज्ञान आदान–प्रदान र परामर्श सेवा दिइएको थियो।
न्यूरो अस्पतालले कोशी तथा मधेश प्रदेशका बिरामीलाई विशेषज्ञ उपचार उपलब्ध गराउँदै आएको छ। न्यूरो उपचार, कलेजो–अग्न्याशय प्रत्यारोपण, रोबोटिक सर्जरीजस्ता उन्नत सेवा क्षेत्रमा अमृता अस्पताल सहकार्यकर्ताका रूपमा रहनुभएका कारण भविष्यमा बिरामीले अझ सुलभ र अत्याधुनिक सेवा पाउने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।
कार्यक्रमले प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिमा टेवा पुग्ने न्यूरो अस्पतालले विश्वास व्यक्त गर्दै पत्रकार तथा सर्वसाधारणको सहकार्यप्रति धन्यवाद जनाएको छ ।





