काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम राेयल्सले विराटनगर किङ्ग्सलाई १ सय ४८ रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनायाे । सुदूरपश्चिमका आरिफ शेखले नटआउट ४५, ईशान पाण्डेले ३८ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए ।
सुदूरपश्चिम र विराटनगर दुवै टाेली प्लेअफमा पुगिसकेका छन् । सुदूरपश्चिमले शीर्ष स्थान नै सुरक्षित गर्दै पहिलो क्वालिफायर खेल्ने भइसकेको छ । अब यो खेलको नतिजाले सुदूरपश्चिमसँग पहिलो क्वालिफायर खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।
एनपीएल तालिकामा सुदूरपश्चिम ६ खेलमा १२ अङ्कसहित अपराजित रहँदै शीर्ष स्थानमा छ । विराटनगर ६ खेलमा ८ अङ्कसहित तेस्राे स्थानमा छ । यस्तै ७ खेलमा १० अङ्कसहित दाेस्राे स्थानमा रहेकाे काठमान्डु गाेर्खाज र ७ खेलमा ८ अङ्कसहित चाैथाे स्थानमा रहेकाे लुम्बिनी लायन्स पनि प्लेअफमा पुगिसकेका छन् ।





