पशुचौपायालाई खोरेत विरुद्धको खोप
शेरबहादुर राई
ओखलढुङ्गा, मङ्सिर २३ गते । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।
कात्तिक २३ गतेबाट शुरु गरिएको अभियान जिल्लाका सबै आठ स्थानीय तहमा विस्तार गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी धिरेन राईका अनुसार सिद्धिचरण नगरपालिका...









