शहीद गेट, टुँडिखेलको मञ्चमा शालिक बनाएका मूर्तिकार बालकृष्ण तुलाधरको निधन

शहीद गेट, टुँडिखेलको मञ्चमा शालिक बनाएका मूर्तिकार बालकृष्ण तुलाधरको निधन
काठमाण्डाै – शहीद गेट र टुँडिखेलको मञ्चमा शालिक बनाएका मूर्तिकार बालकृष्ण तुलाधरको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा आज निधन भएको हो । शहीद गेटमा तत्कालीन राजा त्रिभुवनसँगै शहीद गङ्गालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको शालिक मूर्तिकार तुलाधरले बनाउनुभएको हो । साथै उहाँले सैनिक मञ्च टुँडिखेलको शाही मञ्चमा रहेका ६ जना सिपाहीको शालिकसमेत बनाउनुभएको हो । तुल...

तनहुँको बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

तनहुँको बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै
श्रीहरी पौडेल / तनहुँ- पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको तनहुँको बन्दीपुरमा यति वेला पर्यटकको चहलपहल बढेको छ । मौलिक शैलीमा बनेको भक्तपुरे घरले पर्यटकलाई आकर्षित गरेपछि पर्यटकीय चहलपहल बढेको हो । पर्यटकको चहलपहल बढाउन बन्दीपुर भ्रमण वर्ष २०२५ ले समेत सहयोग गरेको छ । बन्दीपुरमा पर्यटकको चहलपहल बढेको स्थानीय कर्ण बहादुर खत्रीले बताउनुभयो । बन्दीपुरमा पर्यटकको बसाई लम्बाउन मणि मुकुन्देश...

काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच आज खेल हुँदै

काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच आज खेल हुँदै
काठमाडौँ — जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स अपराह्न ४ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आमनेसामने हुँदैछन्। लिग चरण सकिँदा काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेका छन्। यसअघि लिगमै आमनेसामने भएको भिडन्तमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो। इलिमिनेटरको विजेताले भोलि हुने दोस्रो क्वालिफायरम...

पूर्वपश्चिम राजमार्ग विस्तार : तीन जिल्लामा ११ हजार बढी रुख काटिँदै, काम तीव्र गतिमा

पूर्वपश्चिम राजमार्ग विस्तार : तीन जिल्लामा ११ हजार बढी रुख काटिँदै, काम तीव्र गतिमा
लालबन्दी — पूर्वपश्चिम राजमार्ग विस्तारको काम तीव्र गतिमा अघि बढेसँगै सर्लाही, महोत्तरी र धनुषा गरी तीन जिल्लामा करिब ११ हजार ५७७ रुख काटिने प्रक्रिया सुरु भएको छ। लामो समय रोकिएको रुख कटानसम्बन्धी अनुमति प्रक्रिया पूरा भएपछि मात्र अब सडक विस्तारसँगै रुख हटाउने काम सुचारु हुन लागेको हो। कमला–ढल्केबर–पथलैया सडक योजना अन्तर्गत सबैभन्दा धेरै रुख महोत्तरीमा काटिनेछन्, जहाँ ६ हजार २७ वटा रुख हटाइने ...

खुल्ला पालिका स्तरीय क्रिकेटको उपाधी देवदह रुपन्देहीलाई

खुल्ला पालिका स्तरीय क्रिकेटको उपाधी देवदह रुपन्देहीलाई
रेसुङ्गा(गुल्मी), मङ्सिर २४ गते । परिवर्तन युवा क्लव इस्मा गाउँपालिका–१ को आयोजनामा सञ्चालन भएको खुल्ला पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी देवदह रुपन्देहीले जितेको छ । जैढुङ्गा बिपि पार्कमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न स्थानका १० समुहले नकआउट प्रतिस्पर्धा गरेका थिए । रेसुङ्गा–१० सिमिचौरलाई उपबिजेतामा सिमित गर्दै देवदहले ५५ हजार रुपियाँ नगदसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ ...

एशिया कप खेल्ने १९ वर्षमुनिको क्रिकेट टोलीको बिदाइ

एशिया कप खेल्ने १९ वर्षमुनिको क्रिकेट टोलीको बिदाइ
काठमाण्डौ – युएईमा पर्सिदेखि शुरू हुने एसीसी १९ वर्षमुनिको एशिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो । अशोक धामीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीले युएईमा खेल्नेछ । टोलीका अन्य सदस्यमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल...

पहिलो पटक आयोजना गरिएको खुला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथनमा साम्देन र निमीशा प्रथम

पहिलो पटक आयोजना गरिएको खुला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथनमा साम्देन र निमीशा प्रथम
काठमाडौँ । नेपालमै पहिलो पटक आयोजना गरिएको खुला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथनमा साम्देन गेल्बु शेर्पा र निमीशा पाख्रिन प्रथम भएका छन् । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका देखि सुन्दरी जल, आलापोट चोक हुँदै गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्डको पार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा भएको स्केट मिनी म्याराथनमा पुरुष तर्फ साम्देन र महिला तर्फ निमीशा प्रथम भएका हुन् । ...

लेटाङमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम सम्पन्न

लेटाङमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम सम्पन्न
लेटाङः लेटाङ नगरपालिकाले नगरको पहाडी क्षेत्रका युवालाई ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको छ । लेटाङको वडा नम्बर १, वडा नम्बर ७ र वडा नम्बर ८ को पहाडी क्षेत्रका बाख्रापालक किसानको समस्या समाधान गर्ने उद्देश्यका साथ त्यसक्षेत्रका १० जना युवालाई १ महिने ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता तालिम दिइएको हो । नगरपालिकाले सूचना प्रकशित गरी १० जना युवायुवती छनोट गरेर पशु सेवा तालिम केन्द्र ...

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङमा धान उत्पादन बढ्यो
ढोरपाटन (बागलुङ) । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिइन्। अघिल्लो वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष २० हजार ७८४.४ मेट्रिकटन उत्पादन भएको छ । अघिल्लो वर्ष रोपाइँ सकिएपछि धानमा जरा कुहिन...

मंसिर २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मंसिर २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न...