मोरङ : मोरङको रतुवामाई नगरपालिका १ स्थितबाट ६७८ केजी लागूऔषध गाँजा बोकेको ट्रकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले प्र. १-०१-००१ ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा फल्स डाला जोडी लुकाई छिपाई राखेको अवस्थामा ६७८ केजी गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसँगै ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका २ का समेल राई र सोही ट्रकमा सवार सहिदभूमि गाउँपालिका १ का विक्रम विशुङ्खेलाई नियन्त्रणमा लिइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया