सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते
भद्रपुर (झापा), माघ १ गते ।कनकाई नगरपालिका–३, नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे. १ च. ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना. ५ ख. २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा पिकअपमा सवार भद्रपुर नगरपालिका-८ की ४० वर्षीया सुष्मा राजवंशी उहाँका १८ महिनाका...









