काठमाण्डाै – शहीद गेट र टुँडिखेलको मञ्चमा शालिक बनाएका मूर्तिकार बालकृष्ण तुलाधरको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा आज निधन भएको हो ।
शहीद गेटमा तत्कालीन राजा त्रिभुवनसँगै शहीद गङ्गालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको शालिक मूर्तिकार तुलाधरले बनाउनुभएको हो । साथै उहाँले सैनिक मञ्च टुँडिखेलको शाही मञ्चमा रहेका ६ जना सिपाहीको शालिकसमेत बनाउनुभएको हो ।
तुलाधर नेपाली मूर्तिकलाका प्रख्यात कलाकारका रूपमा चिनिनुहुन्छ । उहाँले राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा मूर्ति बनाउनुभएको छ ।





