एशिया कप आजदेखि शुरू हुँदै, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने

एशिया कप आजदेखि शुरू हुँदै, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने
काठमाण्डौ – एसीसी १९ वर्षमुनिको एशिया कप आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ । पहिलो दिन आज भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाले खेल्दैछन् । प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ । नेपालले पहिलो खेल श्रीलङ्कासँग भोलि खेल्ने छ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । नेपालले सबै खेल सेभेन्स रङ्गशालामा खेल्नेछ । ...

सुरुङ्गामा निःशुल्क आँखा शिविर, २४८ जानाले लिए सेवा

सुरुङ्गामा निःशुल्क आँखा शिविर, २४८ जानाले लिए सेवा
कल्याणपुर (सप्तरी), मङ्सिर २६ गते । सप्तरीको सुरुङ्गा नगरपालिकामा तीनदिने निःशुल्क आँखा उपचार स्वास्थ्य शिविर सुरु भएको छ । सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोग र नेपाल नेत्रज्योती सङ्घ, सगरमाथा आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शिविर सुरु भएको हो । शिविरको पहिलो दिन बिहीबार वडा नम्बर २ स्थित जनता मावि भेडियाबाट २४८ जनाले सेवा लिएको सुरुङ्गा नगरपालिकाका नगरप्रमुख गीता चौधरीले बताउनुभयो । ...

एनपिएलः फाइनलमा पुग्न विराटनगरलाई १३५ रनको लक्ष्य

एनपिएलः फाइनलमा पुग्न विराटनगरलाई १३५ रनको लक्ष्य
काठमाडौँ, २५ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङससामु जितका लागि एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनायो । लुम्बिनिका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ४...

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालका लागि उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन...

मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन   

मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन   
काठमाण्डू । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार भएको सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।           प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले उक्त सम्झौतालाई नेपाल राजपत्रमा अतिरिक्ताङ्कका रुपमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्...

वैदेशिक राेजगार विभाग परिसरबाट १३ जना बिचाैलिया पक्राउ

वैदेशिक राेजगार विभाग परिसरबाट १३ जना बिचाैलिया पक्राउ
काठमाडौं। प्रहरीले सर्वसाधारण नागरिकलाई वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै अनावश्यक झन्झट दिने १३ जना बिचौलियालाई पक्राउ गरेको छ। उनीहरूले वैदेशिक रोजगारको सिलसीलामा ठगिएका पीडितहरु न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गर्ने गरेको प्रहरीले बताएको हाे। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। श्रम स्वीकृतिका लागि...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर लिएको अभियोगमा सव–इन्जिनियरविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर लिएको अभियोगमा सव–इन्जिनियरविरुद्ध मुद्दा
काठमाडौँ, मङ्सिर २४ गते। बराहक्षेत्र नगरपालिका, चक्रघट्टी सुनसरीका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार मण्डलले भारतको विहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यामिक तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको तथा मडैया वलुवा उच्च विद्यालय परित्याग समेतको नक...

देशभरका भन्सार कार्यालय सञ्चालनमा

देशभरका भन्सार कार्यालय सञ्चालनमा
काठमाडौँ, मङ्सिर २४ गते । मङ्सिर २१ गतेबाट लागु भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् । भन्सार विभागका निर्देशक (सूचना अधिकारी) किशोर वर्तौलाले भन्नुभयो, ‘‘भन्सार ऐनमा भएका कतिपय प्रावधान र जरिवानाका विषय उठान भएका थिए, कतिपय विषय विनियमावली बन्ने क्रममा रहेकाले स्पष्ट हुने छन् र कतिपय विषय सबै पक्षले ध्यान दिनुपर्ने छ, आजबाटै देशैभरका स...

‘मानवअधिकार, निर्वाचन र सुशासन’विषयक अन्तर पुस्ता संवाद

‘मानवअधिकार, निर्वाचन र सुशासन’विषयक अन्तर पुस्ता संवाद
विराटनगर ÷लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर विराटनगरमा ‘मानवअधिकार, निर्वाचन र सुशासन विषयक अन्तर पुस्ता संवाद’कार्यक्रम सम्पन्न भएको छ । गैससमहासंघ मोरङ र एकल महिला समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले सुशासन भए मात्रै देशमा मानव अधिकार स्थापित हुने धारणा राखे । जेनजी आन्दोलन पछि मुलुक आर्थिक, सामाजिक र राजनैतिक रुपमा रुपान्तरणको बाटोमा अगाडि बढेको बताउँदै उन...

अरनिको कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा स्मृति प्रथम

अरनिको कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा स्मृति प्रथम
विराटनगर / विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा स्मृति आचार्य प्रथम भएकी छन् । ‘सपना र संघर्षको संगम : जेनजी युवाको पहिचान’ विषयमा आयोजित उत्कृष्ट विचार प्रस्तुत गरेर स्मृति प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा समीक्षा पौडेल द्वितीय हुँदा आँचल यादवले तृतीय स्थान प्राप्त गरिन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र पत्रकार महासंघ मोरङकी अध्यक्ष सु...