काठमाडौँ — जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स अपराह्न ४ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आमनेसामने हुँदैछन्।
लिग चरण सकिँदा काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेका छन्। यसअघि लिगमै आमनेसामने भएको भिडन्तमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो।
इलिमिनेटरको विजेताले भोलि हुने दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको विराटनगर उपाधि दौडमा रहन दोस्रो मौका खोज्दैछ। यता, सुदूरपश्चिम रोयल्स भने पहिलो क्वालिफायरमै विजय हासिल गर्दै फाइनलमा प्रवेश गरिसकेको छ।




