कोशीमा ३४ प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच
विराटनगर, साउन १८ गते । कोशी प्रदेशमा ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरिएको छ । प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी एक हजार ५९१ वटा आयोजनामार्फत ३४ दशमलव सात प्रतिशत प्रदेशवासीलाई सुरक्षित खानेपानीको व्यवस्था गर्न सफल भएको जनाएको छ ।
यसैगरी, आधारभूत खानेपानीतर्फ ९३ दशमलव एक प्रतिशत र आधारभूत सरसफाइतर्फ ९८ प्रतिशत जनताको पहुँच पुगेको मन...









