विराटनगर — साना तथा स्थानीय व्यापारीको दैनिक कारोबार र स्टक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित ‘लोक्ता’ नामक मोबाइल एप सार्वजनिक गरिएको छ। किराना पसल, साना थोक तथा छिमेकस्तरका व्यवसायीलाई लक्षित गरी विकास गरिएको सह-संस्थापक कमल शाहले जानकारी दिनुभयो ।

एपमार्फत बिक्री–खरिदको अभिलेख राख्न, स्टक ट्र्याक गर्न र नाफा–नोक्सानीको अवस्था एकै ठाउँमा हेर्न सकिने सुविधा उपलब्ध छ। ‘Minimum Learning, Maximum Utility’ अवधारणामा आधारित लोक्ता आवाजमार्फत पनि सञ्चालन गर्न सकिने भएकाले स्मार्टफोन प्रयोगमा कम दक्ष साना व्यापारीका लागि उपयोगी हुने सो कार्यक्रमा जानकारि दिइएको थियो ।

नेपाली बजारको यथार्थ र आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको यो एपले साना व्यवसायलाई डिजिटल प्रणालीमा जोड्दै कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य लिएको छ । डिजिटल प्रविधिको प्रयोगबाट समय र खर्च दुवै बचत हुने तथा व्यवसायको निर्णय प्रक्रियामा सहयोग पुग्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया