विराटनगर । मोरङको सुन्दरहरैँचामा स्कुटरले साइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको छ ।

विराटनगर–विराटचोक सडक खण्डअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१ मा को ३६ प ५०९५ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेको साइकललाई दिउँसो २ः४० बजेतिर ठक्कर दिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार सुन्दरहरैँचा–१ का ३५ वर्षीय उमेश खत्रीले चलाएको साइकललाई ठक्कर दिनसाथ स्कुटर आफैं अनियन्त्रित भएर सडकबाट नालीमा खसेको थियो ।

तपाईको प्रतिक्रिया