टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिटायर आउट हुने पूर्ण सदस्य टोलीको पहिलो ब्याटर बने रोस्टन चेज

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिटायर आउट हुने पूर्ण सदस्य टोलीको पहिलो ब्याटर बने रोस्टन चेज
काठमाण्डाै – वेस्ट इन्डिजका रोस्टन चेज पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिटायर आउट हुने दुई पूर्ण सदस्य टोलीको पहिलो ब्याटर बनेका छन् । आज लाउडरहिलमा घरेलु टोली पाकिस्तानसँगको तेस्रो तथा निर्णायक खेलमा रोस्टन चेज दुई पूर्ण सदस्य टोलीहरू भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिटायर आउट हुने पहिलो ब्याटर बनेका हुन् । पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा उनी १२ बलमा १५ रनमा...

आज साउनको तेस्रो सोमबारः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

आज साउनको तेस्रो सोमबारः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ । पशुपति क्षेत्रमा अहिले पनि हजारौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, ...

खानेपानी र सिँचाइ समस्या समाधान गर्न पालिकाको तीन सूत्रीय योजना

खानेपानी र सिँचाइ समस्या समाधान गर्न पालिकाको तीन सूत्रीय योजना
कल्याणपुर (सप्तरी), साउन १९ गते । रुपनी गाउँपालिकाका किसान र बासिन्दाले खानेपानी र सिँचाइको समस्या समाधान गर्न गाउँपालिकालाई दबाब दिएका छन् । गाउँपालिकाभित्र रहेका बोरिङहरूमा पानीको सतह लगातार घट्दै गएपछि स्थानीयले पालिका अध्यक्ष दिनेशकुमार यादवलाई तत्काल समस्या समाधानको माग गर्दै दबाब दिएका हुन् । “यदि पानीको समस्या समाधान भएन भने पालिकामा तालाबन्दी गर्छौं,’’ स्थानीयले रुपनीका अध्यक्ष यादवल...

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्...

कोशी पुलमा राखियो रातो झन्डा र खोलियो २६ ढोका

कोशी पुलमा राखियो रातो झन्डा र खोलियो २६ ढोका
राजविराज, १९ साउन । पहाडी क्षेत्रमा निरन्तरको वर्षाले सप्तकोशी नदीको २६ ढोका खोलिएको छ ।  आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो साँझ ५ बजेसम्बम जे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कोशीमा पानीको बहाव अझ बढ्दो क्रममा जारी रहेको छ । पानीको बहाव वृद्धि भइरहँदा खतराको संकेतस्वरूप कोशी ब्या...

इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, दुई देशबिच १० अर्बको ब्यापार सम्झौंता

इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, दुई देशबिच १० अर्बको ब्यापार सम्झौंता
इस्लामाबाद, १९ साउन । इरानले आफ्नो आणविक कार्यक्रममा पाकिस्तानको समर्थन पाएको छ ।  पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शान्तिपूर्ण उद्देश्यका लागि आणविक क्षमता विकास गर्ने इरानको अधिकारलाई समर्थन गर्ने बताएका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियानसँगको भेटपछि सरिफले यस्तो बताएका हुन् । पेजेस्कियान गत शनिबार दुई दिने पाकिस्तान भ्रमणमा आएका थिए, यस पछि उनले इस्लामावादमा पाकिस्तानका विदेश...

विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गरिने

विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गरिने
  काठमाडौं, १८ साउन । उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बीच चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी बैठक सम्पन्न भएको छ । आइतबार अर्थ मन्त्रालयमा सम्पन्न भएको उक्त बैठकमा विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गर्ने र औद्योगिक लिज जग्गाको भाडा शुल्क घटाउने विषयमा छलफल भएको उद्योग मन्त्रालयले ...

बागमतीका मुख्यमन्त्रीले दिए राजिनामा, भने, ‘सभापतिको निर्देशन माने’

बागमतीका मुख्यमन्त्रीले दिए राजिनामा, भने, ‘सभापतिको निर्देशन माने’
हेटौंडा, १८ साउन । अन्ततः बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको उनले जानकारी दिए ।  आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् । ‘संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि पार्टीभित्रको छलफलपश्चात् राजीतिक विधि, पद्धति र मान्यता स्थापित गर्न सभापतिको आग्रह पछि राजिनामा दिएको हु...

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको उपलब्धि सार्वजनिक

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको उपलब्धि सार्वजनिक
अर्घाखाँची, साउन १८ गते । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले एक वर्षमा सम्पादित गरेका कार्य तथा मुख्य उपलब्धिहरू आइतवार सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आज स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहणपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुशासन, जवाफदेहिता, पारदर्शिता, गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिएको जनाएको छ । बार्षिक नीति तथा कार्यक्रम, घोषणापत्र एवं कार्यक्रमले प...

आजको राशिफल ~ वि.सं. २०८२ श्रावण १९ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ श्रावण १९ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नँया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइ लेखाइमा प्रगति हु...