अस्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा भलिबल प्रतियोगिता हुने

अस्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा भलिबल प्रतियोगिता हुने
अष्ट्रिया / ‘स्वास्थ्य र अनुशासनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल युरोपियन स्पोर्ट क्लब (एनईएससी) को आयोजनामा आउँदो भदौ ७ गते (अगस्ट २४, २०२५) आइतबारका दिन अस्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा भलिबल प्रतियोगिता हुने भएको छ । युरोपभरि रहेका नेपाली समुदायबीच आपसी भाइचारा, भेटघाट र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता विगतदेखि नै आयोजना हुँदै आएको थियो । यस वर्ष तेस्रो संस्कर...

घट्यो पाथीभराको आम्दानी

घट्यो पाथीभराको आम्दानी
- कमल भट्टराई ताप्लेजुङस्थित पाथीभरा क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपाल र भारतका विशेष गरी हिन्दू धर्मावलम्बीहरू साथै किराँत र बौद्ध धर्मावलम्बीहरुसमेत पाथीभराको दर्शन तथा पूजाआजा गर्न पुग्ने गरेका छन् । २०४५/०५० सालसम्म तीर्थयात्रीको संख्या निकै कम हुन्थ्यो । तर ताप्लेजुङमा यातायात सुविधामा सुधार आएसँगै तीर्थालुको संख्या क्रमशः बढ्दै गएको पाइन्छ । ...

पेट्रोल सस्तो, डिजल र मट्टितेल महँगो – उपभोक्तामा राहत र चिन्ता दुवै

पेट्रोल सस्तो, डिजल र मट्टितेल महँगो – उपभोक्तामा राहत र चिन्ता दुवै
काठमाडौ, १६ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। सोमबार साँझ निगमले सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल सस्तो भएको छ भने डिजल र मट्टितेलको मूल्य बढेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएर १५९ रुपैयाँ कायम गरिएको छ। तर, डिजल र मट्टितेलको मूल्य भने दुई रुपैयाँले बढाइएको छ, जसअनुसार अब दुवैको मूल्य प्रतिलिटर १५० रुपैयाँ हुनेछ। यही मूल्य समायो...

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ वटा कन्सल्टेन्सीलाई कारबाही गर्यो

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ वटा कन्सल्टेन्सीलाई कारबाही गर्यो
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ वटा कन्सल्टेन्सीलाई कारबाही गरेको छ । आठ वटालाई जरिवानाको कारबाही गर्दा विभागले एउटालाई भने तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो । रिड एजुकेशन हब प्रालि, परसुट अब्रोड स्टडिज, इनोभा एजुकेशन कन्सल्टेन्सी प्रालि, स्योउराइ इन्टरनेशनल एजुकेशन प्रालिलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यसैगरी, प्यासन फाउण्डेशन प्रालि र काईट कन्सल्टे...

भारत विश्व टिम टेबलटेनिस च्याम्पियनशिप प्रतियोगिताका लागि छनोट

भारत विश्व टिम टेबलटेनिस च्याम्पियनशिप प्रतियोगिताका लागि छनोट
काठमाण्डौ – विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि भएको दक्षिण एशियाली छनोट प्रतियोगितामा पुरुष/महिला दुवैमा भारतीय टोली छानिएको छ । लैनचौरको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको राउन्ड रोबिन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भएको हो । पुरुष र महिलामा ५–५ राष्ट्र सहभागी थिए । दुवैतर्फ भारतले नेपालसहित माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशलाई समान ३–० को नतिजामा हराएर ८ ...

बिमालेख सरल बनाउन आग्रह

बिमालेख सरल बनाउन आग्रह
ललितपुर, साउन १६ गते । बिमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने तथा बिमाप्रतिको विश्वास बढ्ने गरी काम गर्न आग्रह गरिएको छ । बिमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने तथा बिमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने सरोकारवालाको आग्रह छ । बिमा कम्पनीले बिमा सर्भेयरले प्रतिवेदन बुझाएपछि क्षतिको निश्चित प्रतिशत भुक्तानी दिनुपर्ने, बिमा गराउँदा बिमालेखका सबै प्रावधानबारे स्पष...

अन्जली,बिना र जुना अभिनित तीज गीत ‘कतिमा राम्री ’ सार्वजनिक ( भिडियो)

अन्जली,बिना र जुना अभिनित तीज गीत ‘कतिमा राम्री ’ सार्वजनिक ( भिडियो)
काठमाडौं। हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केही हप्ता बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा लोकप्रिय नायिकाहरु अन्जली अधिकारी,बिना राउत र जुना कार्की अभिनित मौलिक तीज गीत‘कतिमा राम्री ’को भिडियो सार्वजनिक भएको छ। गीतकार कृष्णहरि बरालको शब्द रचना ,हरि लम्सालको संगीत र गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हु...

साउन १६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

साउन १६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि तथा पशुपालनमा सफलता मिल्नेछ । विभिन्न अवसरहरूले पछ्याउने छन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरू पनि सजिलै सम्पन्न हुनेछन् । व्यापार व्यवसायमा फाइदा हुनेछ । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सहयोगीहरू ...

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री
संखुवासभा, १५ साउन।  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् उद्घाटन कार्यक्रममा मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने अर्को पुल, सडक स्तरोन्नति तथा जलविद्युत् आयोजना र पर्यटकीय सम्भावनाहरूमा समेत उल्लेख्य लगानी हुने बताए । गृहजिल्ला संखुवा...

महानगरद्वारा माछा मासु पसलको अनुगमन तीव्र

महानगरद्वारा माछा मासु पसलको अनुगमन तीव्र
विराटनगर ÷ मापदण्डविपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुमन गरिएको थियो । विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मासु पसलबाट ५–५ किलो ...