काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रिहा हुनुभएकाे छ । रुपन्देहीकाे बुटवलमा रहेकाे सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने जिल्ला अदालत उपस्थित भएर रिहा हुनुभएकाे हाे ।
हिजाे उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धराैटीमा रिहा गर्न आदेश दिएकाे थियाे । लामिछाने आज रुपन्देही जिल्ला अदालतमा धरौटीको प्रक्रिया पूरा गरेर थुनामुक्त भएका अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले उज्यालाेलाई जानकारी दिनुभयाे ।
आज दिनभर उडान प्रभावित हुँदा रास्वपा सभापति लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुन ढिलाइ भएको हाे । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उहाँ दिउँसो १ बजेसम्म रोकिनुपर्याे । त्यसपछि लामिछाने चितवनको भरतपुर विमानस्थल ओर्लिएर त्यहाँबाट गाडीमा रुपन्देही पुग्नुभएकाे हाे ।
सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत बुटबल इजलासले हिजो रिहा गर्न आदेश दिएकाे हाे ।





