अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित
ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त्य गर्ने उद्देश्यले गाउँपालिकाले दलित सचेतना कार्यक्रमअन्तर्गत दम्पतीहरूलाई सम्मान गरेको हो ।
मङ्गलबार गाउँपालिकामा आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरी समाजमा सकारात्मक सन्देश प्रवाह गरेका दम्पतीहरूलाई सम्मान गरिएको दलित अधिकार...









