टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम
काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो । विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ गतेदेखि लागू हुनेगरी बन्द गरिएको अस्पतालका सूचन...

चुनावसम्बन्धी कुनै गतिविधि नगर्न एन्फालाई उच्च अदालत पाटनको आदेश

चुनावसम्बन्धी कुनै गतिविधि नगर्न एन्फालाई उच्च अदालत पाटनको आदेश
काठमाण्डाै – उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई चुनावसम्बन्धी कुनै गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी छ । गोरखा जिल्ला फुटबल सङ्घका अमित खत्रीले दायर गरेको रिटमा आज न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले एनफालाई उम्मेदवारी दर्ता बुझ्नेलगायत चुनावसम्बन्धी गतिविधि नगर्न आदेश दिएको हो । खत्रीले गएको पुस २५ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव, राखेपका अध्यक्...

राष्ट्रपतिद्वारा माघ ४ गतेका लागि राष्ट्रियसभाकाे अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा माघ ४ गतेका लागि राष्ट्रियसभाकाे अधिवेशन आह्वान
काठमाण्डाै – मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले आउँदाे माघ ४ गतेका लागि अधिवेशन आह्वान गर्नुभएकाे हाे । आजै बसेकाे मन्त्रिपरिषद् बैठकले माघ ४ गते आइतवार बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा राष्ट्रियसभाको बैठक बस्ने गरि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियाे ।

पौष २९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

पौष २९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष आज आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका काम अघि बढ्ने र नयाँ काम सुरु गर्ने अनुकूल समय छ । परिश्रमको उचित मूल्यांकन हुनेछ र अरूको विश्वास जित्न सक्नुहुनेछ । अधुरा काम पूरा हुने संकेत छन् । परोपकारतर्फ मन जानेछ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ । वृष आज काम रमाइलो तरिकाले अघि बढ्नेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुन सक्छ । प्रयास गर्दा प्रेममा सफलता र वैवाहिक सम्बन्धतर्फको योग देखिन्छ । बोल...

सज्जनराज वैद्यको भव्य सांगीतिक प्रस्तुति सङै नेसनल लिग २०८२ को ग्रान्ड ओपनिङ

सज्जनराज वैद्यको भव्य सांगीतिक प्रस्तुति सङै नेसनल लिग २०८२ को ग्रान्ड ओपनिङ
काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ ३० गते बुधबारदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोली गरी १७ टोलीको सहभागिता रहनेछ । सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कूल १३६ खेल हुनेछ । प्रतियोगिताको उद्‍घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । सोही दिन श्री भगवती...

बिराटनगरमा ‘बिराट सर्जिकल अपडेट्स २०२६’ सफलतापूर्वक सम्पन्न

बिराटनगरमा ‘बिराट सर्जिकल अपडेट्स २०२६’ सफलतापूर्वक सम्पन्न
विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (BMCTH) को सभागृहमा दुई दिनसम्म सञ्चालित 'बिराट सर्जिकल अपडेट्स २०२६' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पोस्ट ग्रेजुएट एमएस (जनरल सर्जरी) रेजिडेन्टहरूका लागि आयोजित यो Exam Oriented Crash Course काठमाडौं बाहिर पहिलो पटक सञ्चालन भएको हो। बहुविषयक शैक्षिक शल्यचिकित्सा कार्यक्रमको रूपमा आयोजित 'बिराट सर्जिकल अपडेट्स २०२६' को मुख्य उद्देश्य शल्यचिकित...

विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन

विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन
विराटनगर । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन् । आइतबार विराटनगरमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कटवाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यसैगरी उपाध्यक्षमा माधव काफ्ले र सुस्मिता रेग्मी, सचिवमा जिवन निरौला, सह–सचिवमा आभाष कोइराला, विनीता खत्री, कोषाध्यक्षमा नगेन्द्र खड्का, सह–कोषाध्यक्षमा रामचन्द्र मेहता चयन भएका छन् । यस्तै मिडिया संयोजकमा मोहन ढकाल चयन भ...

कोशी प्रदेशबाट राष्ट्रियसभामा सुनिलबहादुर थापा निर्विरोध निर्वाचित

कोशी प्रदेशबाट राष्ट्रियसभामा सुनिलबहादुर थापा निर्विरोध निर्वाचित
काठमाण्डाै – राष्ट्रियसभामा कोशी प्रदेशबाट अन्य समूहअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । एकल उम्मेदवार रहेका थापालाई निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आज निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआइपुग्दा कांग्रेसका थापाको एकल उम्मेदवारी परेको थियो । आयोगले आज राष्ट्...

पौष २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

पौष २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष रुपैयाँ पैसाको कारोबार हुने दिन छ । आफन्तसँग भेटघाटको अवसर मिल्नेछ । धर्म कर्म, मंगलमय कार्य तथा सामाजिक दायित्वमा समय बित्नेछ । बौद्धिक पक्षबाट लाभ मिल्ने योग छ । तर गलत व्यक्तिको विश्वास गर्दा काममा धोका हुन सक्छ । सवारी साधन तथा हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनुहोस् । वृष परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रम गर्दा पनि थोरै मात्र लाभ मिल्ने दे...

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान
काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरू दर्ता गर्न आह्वान गरिएको छ। महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ। प्र...