काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन् २०२६ जुन १६ तारिख। जेठ शुक्ल पक्षको तृतीया तिथि । विश्व खडेरीविरुद्ध संघर्ष दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : मनमा सकारात्मकता र नयाँ जोश जाग्नेछ। धेरै समयदेखि सोचिरहेको कामलाई व्यवहारमा उतार्ने अवसर जुट्नेछ। कसैको प्रतीक्षामा बस्नु भन्दा आफैं अगाडि बढ्नु लाभदायक हुनेछ। दिनको उत्तरार्धमा सुखद अनुभूति हुने सम्भावना छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
वृष :मनपर्ने व्यक्तिसँगको संवादले दिनलाई विशेष बनाउनेछ। आफूले गरेको सानो प्रयासले राम्रो प्रतिक्रिया पाउन सकिन्छ। घरको वातावरणले मनमा आनन्द थप्नेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग फिक्का पहेंलो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन : आज केही पुराना विषय फेरि चर्चामा आउन सक्छन्। विगतका अनुभवले सही निर्णय लिन सहयोग पुर्याउनेछन्। हतार नगरी परिस्थिति बुझेर अघि बढ्दा सहज हुनेछ। मनमा रहेको अन्योल क्रमशः हट्दै जानेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।
कर्कट :दिनभरि नयाँ मानिस वा नयाँ कुरासँग जोडिने अवसर मिल्न सक्छ। सुनेको एउटा सामान्य सुझावले पनि ठूलो काम गर्न सक्छ। जिज्ञासाले तपाईंलाई व्यस्त राख्नेछ। समय खेर जाने सम्भावना कम रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह :आज आफ्नो मूल्य र क्षमता प्रमाणित गर्ने समय छ। अरूले नदेखेको अवसर तपाईंले चिन्न सक्नुहुनेछ। आर्थिक पक्षमा गरिएको विवेकपूर्ण निर्णयले फाइदा दिलाउन सक्छ। आत्मसन्तोष बढ्ने दिन छ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ५ रहेको छ।
कन्या :आफ्नो योजनालाई स्पष्ट रूप दिन सकिनेछ। वरिपरिकाले तपाईंको सोचको प्रशंसा गर्न सक्छन्। रोकिएका विषयमा सकारात्मक संकेत देखिन थाल्नेछन्। दिन उत्साहजनक रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
तुला :आज धेरै कुरामा प्रतिक्रिया दिन आवश्यक नपर्न सक्छ। मौनता र धैर्यले नै केही समस्या समाधान गरिदिनेछन्। एकान्तमा बसेर सोच्दा नयाँ निष्कर्ष निकाल्न सकिनेछ। मन हलुका रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक :सामूहिक गतिविधिमा सहभागिता बढ्न सक्छ। कसैसँग भएको भेटले भविष्यका लागि नयाँ सम्भावना देखाउन सक्छ। साथीभाइबाट प्रेरणादायी कुरा सुन्न पाइनेछ। दिन आशावादी रहनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ३ रहेको छ।
धनु :कामको क्षेत्रमा तपाईंप्रति अपेक्षा बढ्न सक्छ। जिम्मेवारी थपिए पनि त्यसलाई राम्रोसँग सम्हाल्न सकिनेछ। पुरानो मेहनतको असर अहिले देखिन थाल्न सक्छ। दिन प्रभावशाली रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।
मकर :दैनिक दायराभन्दा बाहिरको विषयमा रुचि जाग्न सक्छ। नयाँ जानकारीले सोच्ने तरिकामा परिवर्तन ल्याउन सक्छ। सिक्ने र बुझ्ने चाहनाले दिनलाई रोचक बनाउनेछ। अनुभवले फाइदा दिलाउनेछ। आजको शुभ पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ :आज कुनै विषयको भित्री पक्ष बुझ्न मन लाग्न सक्छ। बाहिर देखिएको भन्दा वास्तविकता फरक हुन सक्छ, त्यसैले निर्णयमा समय दिनु राम्रो हुनेछ। संयमले सही दिशा देखाउनेछ। मन स्थिर रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।
मीन :दाम्पत्य जीवनमा एकअर्काको भावना बुझ्न सजिलो हुनेछ। सम्बन्धमा रहेको दूरी कम हुँदै जानेछ र मनमा अपनत्व बढ्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। दिन सुखद रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।







