अन्तर्राष्ट्रिय कराँतेमा पदक विजेता मेरिना राईलाई नगदसहित सम्मानित
रतुवामाई : मोरङको रतुवामाई नगरपालिका–१० टिमटिमेस्थित राष्ट्रनिर्माण सेकेन्डरी स्कूलकी छात्रा मेरिना चाम्लिङ राईलाई रतुवामाई नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
भारतको गुजरातमा आयोजित 2nd International SSKAI Shito Ryu Karate Championship 2026 मा उत्कृष्ट प्रदर्शन गर्दै कुमितेतर्फ स्वर्ण पदक र कातातर्फ रजत पदक जितेकी राईलाई बुधबार सम्पन्न १८औँ नगरसभाको अवसरमा सम्मान गरिएको हो ।
नगरपालिकाले अन्तर...









